काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
सोमबार साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको छलफलमा देउवाले जेठ पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।
देउवाको भनाइलाई उदृत गर्दै कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण गिरीले थाहाखबरसँग भने, ‘स्थानीय तहका पदाधिकारी कार्यावधि सकिनुअघि सरकार निर्वाचन गर्न तयार छ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि जेठ ५ गते सकिँदैछ। तर, २०७४ सालमा तीन चरणमा भएको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन।
स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन्।