Sun. Mar 16th, 2025

भारतमा एकैदिन २ लाख ९ हजार भन्दाबढीमा कोरोना संक्रमण

एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। १३ लाख ३१ हजार १९८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार ९१८ जनामा संक्रमण देखिएको हो।

यस्तै, एकैदिन ९५९ जनाको मृत्यु भएको छ। केरलामा मात्रै ३७४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ९५ हजार ५० जनाको मृत्यु भइसकेको छ।

भारतको स्वाथ्य मन्त्रालयका अनुसार २ लाख ६२ हजार ६२८ जना संक्रमण मुक्त हुँदा हाल कुल सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ पुगेको छ। दैनिक संक्रमण दर १५।७७ रहेको छ।

About The Author

अन्य समाचारहरु: