
काठमाडौं – अर्को महिनामा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार राष्ट्र सहभागी टी-२० सिरिज खेल्ने पक्का भएको छ ।
नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ ।
टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज हुन लागेको क्यानले जनाएको छ । यस सिरिजका खेलहरुले टी-२० अन्तर्राष्ट्रिय मान्यता पनि पाउनेछन् ।
नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा यूएई र आयरल्याण्डसँग फेब्रुअरी १४ मा खेल्नेछ ।