
एजेन्सी – भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख ४७ हजार २ सय ५४ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा २९ हजार ७ सय २२ ले बढी हो ।
बिहीबार १९ लाख ३५ हजार ९ सय १२ नमुना परीक्षण गरिएको थियो । भारतमा दैनिक संक्रमण दर १६.४१ प्रतिशतबाट बढेर १७.९४ प्रतिशत पुगेको छ । त्यस्तै गत २४ घण्टामा भारतमा कोरोनाबाट ७०३ जनाको मृत्यु भएको छ ।
बुधबारको तुलनामा मृत्यु हुनेको संख्या निकै बढेको छ । बुधबार भारतमा कोरोनाबाट ४ सय ९१ जनाको मृत्यु भएको थियो ।
भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८८ हजार ३ सय ९६ पुगेको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८ सय २५ रहेको छ ।
भारतले अहिलेसम्म १ अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।