
काठमाडौ – आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् ।
नियमित सदस्य सोमपाल कामी यसपटक टिममा पर्न सकेनन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा अटाएनन् ।
जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गर्दा लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन् । विवेक गत वर्ष कतार टुरका लागि टी–२० टिममा परेपनि उक्त टुर रद्द भएको थियो ।