Tue. Mar 11th, 2025

सिटोमोल लुकाउने फर्मेसीलाई १० हजार जरिवाना

काठमाडौ – सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले बताए ।

‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहक फर्काउन थालेका रहेछन्,’ पौडेलले भने, ‘तर, गोदाममा भने सिटामोल भेटियो ।

औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको पौडेलले बताए ।

केही दिनदेखि बजारमा ज्वरोको बिरामी बढेका कारण सिटामोलको माग उच्च भएको र त्यसैको मौकामा लुकाउने प्रचलन देखिएको गुनासो पछि बजार अनुगमनलाई तीव्र पारिएको पनि विभागले जनाएको छ ।

कोभिडको पछिल्लो लरहमा अत्यवश्यक कुनै पनि खाले औषधिमा कालोबजारी वा कृत्रिम अभावको गुनासो भए तत्काल खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

About The Author

अन्य समाचारहरु: