Sat. Mar 15th, 2025

अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु

काठमाडौ – अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५।३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् ।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: