Thu. Nov 28th, 2024

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्न सुझाव

काठमाडौं– निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन् । आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो ।

बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले माघ १२ को राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताए ।

आयोगले वैशाख १४ र २० मा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता विष्णु रिमालले चुनाव गर्न कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्ने र प्रस्ताव गरेको मितिमा गर्दा पनि सय दिनको मात्रै समय रहेको भन्ने जानकारी आयोगले दलहरूलाई गराएको बताए।

About The Author

अन्य समाचारहरु: