धादिङ– सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गर्ने निर्णय गरेपनी धादिङमा भने पठनपाठनका विषयमा ठोस निर्णय भएको छैन ।
जिल्ला शिक्षा समन्वय इकाईका कृष्ण कुमार श्रेष्ठका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका बाहेक अन्य पालिकाले विद्यालय बन्द गराएका छैनन् । केही पालिकाहरुमा बैठक बसिरहेको र साँझसम्म बन्द गर्ने कि खुलाउने भन्ने कुराको निर्णय हुने बताएका छन् ।
धुनिवेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द नहुने जानकारी गराएको छ ।
नीलकण्ठ नगरपालिका भित्रका विद्यालय पनि बन्द भएका छैनन् । कार्यपालिकाको निर्णय आउन बाँकी रहेकोले आज विद्यालयको पठनपाठन बन्द नगरिएको शिक्षा संयोजक मेघनाथ कोइरालाले बताए ।