Thu. Nov 28th, 2024

एमाले धादिङको ८औं अधिवेशन : सहमति जुटेन, आज मतदान हुँदै

धादिङ– नेकपा एमाले धादिङको अध्यक्ष बाहेक पदाधिकारी र सदस्यहरुको मतदान हुने भएको छ । अध्यक्षमा सर्वसम्मत भएपनि बाकी सबै पदमा मतदान हुन लागेको हो ।

लामो समयसम्मको छलफलले सहमति जुटाउन नसकेपछि आज बिहान ११ बजेबाट मतदान सुरु गर्न लागिएको उपाध्यक्षका उम्मेदवार धन बहादुर घलेले बताए । उम्मेदवारहरुले सामाजिक संजाल र अन्य शैली अपनाएर प्रचार थालेका छन् ।

धादिङबेसीमा जारी एमाले धादिङको ८औँ जिल्ला अधिेशनबाट भुमी त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन भएपनि बाकि सबै पदमा सर्वसम्मत हुन सकेन ।

उपाध्यक्षमा धनबहादुर घले, उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको छ ।

उपसचिवमा मात्रै १२ जनाको उम्मेदवारी परेको निवर्तमान जिल्ला कमिटि सदस्य भरत ढुंगानाले जानबारी दिए । सदस्यमा उम्मेदवारी दिनेको संख्या ठूलो छ ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

About The Author

अन्य समाचारहरु: