धादिङ– नीलकण्ठ नगरपालिका-८, ससाहको देउराली माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालायको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
एसियन डेभलपमेन्ट बैंक ‘एडिभी’को सहयोगमा निर्माण सम्पन्न ९ कोठे भवन शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा भवनको साँचो विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
विपद प्रतिरोधी विद्यालयलाई भवन निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिएको प्रधानाध्यापक खिल बहादुर धमलाले बताए । भवन संचालनमा आएपछि पठनपाठनमा सहज हुने धमलाले बताए ।
हस्तान्तरण कार्यक्रममा सहभागीहरुके देउराली माविले प्राविधिक शिक्षा लिइ दक्ष बन्ने सपना बोकेका कयौं विद्यार्थीको सपना पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमकै अवसर पारेर विद्यालयका जग्गादाता तथा चन्दादातालाई सम्मान पनि गरेको छ । विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी र दाताहरुलाई हौसला स्वरुप सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद कोइरालाले बताए ।
विद्यालयले प्रथम त्रैमासिक परिक्षाको परिक्षफल पनि शुक्रबार नै सार्वजनिक गरेको छ ।