Wed. Mar 12th, 2025

टि–२० विश्वकपका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौं– नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् ।

ओमानमा हुने टि–२० विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको हो । टिमको कप्तानमा यसअघि नै क्यानले सन्दिप लामिछानेलाई तोकिसकेको छ । उपकप्तान भने चयन गरिएको छैन ।

क्यानले हालै अनुशासनको कारवाही गर्दै सेन्ट्रल कन्ट्राक्टबाट ६ महिनाका लागि बाहिर राखेका ४ खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सबैजना प्रारम्भिक टोलीमा परेका छन् ।

About The Author

अन्य समाचारहरु: