Wed. Mar 12th, 2025

एभिसी एसियन सेन्ट्रल जोन नेपाली महिला टिमले लगातार पाँचौ जित

काठमाडौ – एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा जित हात पारेको हो।

पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४–१७ ले विजयी भयो।

यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ।

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

About The Author

अन्य समाचारहरु: