नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।
दिल्ली प्रदेश सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो ।
दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।