Wed. Mar 12th, 2025

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित

काठमाडौ – बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ सेटमा हरायो ।

दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

About The Author

अन्य समाचारहरु: