Wed. Mar 12th, 2025

नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौ –

युएईमा भइरहेको प्रतियोगिता एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले यू–१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

About The Author

अन्य समाचारहरु: