Fri. Feb 28th, 2025

एचआइभी संक्रमितलाई विदेशमा पनि निःशुल्क औषधि

aids

काठमाडौ – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारले एचआइभी संक्रमित नेपालीलाई पनि भारत तथा युरोपका देशमा गई काम गर्ने वातावरण मिलाउन मिलाउन लागेको बताएका छ । उनले नेपाली संक्रमितका लागि नियमित खानुपर्ने एन्ट्रिरेट्रो भाइरल ९एआरभी औषधि० ती दनेशमा जाना पनि निःशुल्क प्राप्त हुने ब्यवस्था मिलाउन लागेको जानकारी दिए ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघद्वारा शुक्रबार आयोजित शरण क्षेत्री पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री अधिकारीले संक्रमितलाई स्वदेशमा जस्तै विदेशमा पनि नियमित निःशुल्क औषधिको ब्यवस्थागर्न लागेको जानकारी दिएका हुन् । ‘औषधि खान पायो भने संक्रमित पनि अरु ब्यक्ति सरह काम गर्न सक्छ । ऊ विदेश गएर पनि काम गर्न सक्छ । त्यसैले हामीले यो ब्यवस्था मिलाउन लागेका हौं,’ मन्त्री अधिकारीले भने, ‘भारत तथा युरोपका केही देशमा यो ब्यवस्था मिलाउन खोजेका छौं ।’

एचआइभी एड्सविरुद्धका अभियन्ता राजिव काफ्लेले अहिले पनि धेरै युवा औषधि खानबाट बञ्चित रहेको भन्दै विदेश जान चाहने संक्रमितका लागि समस्या भएको बताए । महासंघका अध्यक्ष अशोक सिटौलाले एचआइभी संक्रमितको भविष्यप्रति सरकार गम्भीर हुनुपर्ने भन्दै औषधिको सहज ब्यवस्था मिलाउन आग्रह गरे । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: