Wed. Mar 12th, 2025

धादिङ जिल्लास्तरीय डोरीतान प्रतियोगीतामा देउराली मावि प्रथम ( भिडियोसहित)


धादिङ : धादिङबेसीमा भएको डोरीतान प्रतियोगीतामा देउराली माध्यमिक विद्यालय, नीलकण्ठ –८ प्रथम भएको छ । शनिबार भएको फाइनलमा प्रथम हुँदै देउरालीले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् ।

नेपाल डोरी तान संघ धादिङको आयोजनामा भएको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा जिल्लाका १७ वटा माध्यामिक विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगितामा चिल्ड्रेनपार्क बोर्डिङ स्कूल द्धितीय र नीलकण्ठ मा.वि. तृतीय भएका छन् । द्धितीय र तृतीय हुने समूहहरुलाई क्रमश १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

जिल्लास्तरमा पहिलो पटक आयोजना गरिएको प्रतियोगीतामा खेलाडीहरुको उत्साहपूर्ण सहभागीता रहेको नेपाल डोरीतान संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।

About The Author

अन्य समाचारहरु: