Tue. Mar 18th, 2025

आदिवासी-जनजातितर्फ कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी

काठमाडौ– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझदेखि भएको आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्।

आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्। २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

लामाले १९१२ मत ल्याए। सहमहामन्त्री आदिवासी जनजातितर्फ कुल ४६८१ मत खसेको थियो।

आङ्देम्बे सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने लामा शेखर कोइराला पक्षका उम्मेदवार हुन्।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।

About The Author

अन्य समाचारहरु: