Tue. Mar 18th, 2025

कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने

काठमाडौ – नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन्।

कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौँ नम्बरमा छन्। केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन्।

About The Author

अन्य समाचारहरु: