Wed. Mar 12th, 2025

बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको ‘प्ले अफ’मा इटालियन क्लब नेपोलीको सामना गर्ने

काठमाडौ – स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको ‘प्ले अफ’मा इटालियन क्लब नेपोलीको सामना गर्ने भएको छ। च्याम्पियन्स लिगको पहिलो चरणबाट बाहिरिएको बार्सिलोनाले सोमबार राति स्विट्जरल्यान्डमा भएको प्ले अफ ‘ड्र’मा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको हो।

बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो। बार्सिलोनाको समूहबाट जर्मन जाइन्ट बार्यन म्युनिख समूह विजेता तथा बेनिफिका समूह उपविजेताका रुपमा च्याम्पियन्स लिगको नकआउटमा स्थान बनाउन सफल भएका थिए।

नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो। नकआउट चरणको प्ले अफमा स्पेनका चार टोलीले प्रतिस्पर्धा गर्दैछन्। बार्सिलोना र सेभिया च्याम्पियन्स लिगबाट तथा रियल सोसिडाड र रियल बेटिस युरोपा लिगमा दोस्रो भएर प्ले अफमा आएका हुन्।

युइएफएले युरोपा लिगको समूह चरणमा दोस्रो भएको टोली र च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको टोलीको सोमबार सार्वजानिक गरिएको हो।

प्ले अफको खेलहरु दुई लेगमा हुनेछ। प्ले अफ राउन्डको विजेता टोलीले युरोपमा लिगको अन्तिम १६ मा स्थान बनाउने छ। त्यसपछि पुनः नकआउट चरणको ड्र सार्वजानिक गरिने छ। प्ले अफको पहिलो लेग १७ र दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ।

About The Author

अन्य समाचारहरु: