Wed. Mar 12th, 2025

च्याम्पियन्स लिगमा एम्बाप्पेले तोडे मेसीको गोल कीर्तिमान

फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। उनले अर्जेन्टिनाका लिओनल मेसीको कीर्तिमान तोडेका हुन्।

गएराति च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रग्सलाई हराउने क्रममा २ गोल गरेका पेरिस सेन्ट जर्मेनका एम्बाप्पेले च्याम्पियन्स लिगमा मेसीको कीर्तिमान भंग गरेका हुन्। 

खेलको सात मिनेटभित्र २ गोल गरेका एम्बाप्पेले एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन्। उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पुरा गरेका हुन्। यहीँ आँकडा पुरा गर्न मेसीलाई २३ वर्ष र १३१ दिन लागेको थियो।

यस्तै रियल म्याड्रिडका लेजेन्ड राउलले २४ वर्ष ९१ दिनमा ३०औं च्याम्पियन्स लिग गोल गरेका थिए। करिम बेन्जेमा २५ वर्ष १०५ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।

जर्मनी र बायर्न म्युनिखका थोमस मुलरले २६ वर्ष ३ दिनमा च्याम्पियन्स लिगमा ३० गोल पुरा गरेका थिए। त्यसपछि आर्सनलका नायक थिएरी हेनरीले २६ वर्ष २०६ दिनको उमेरमा ३०औं गोल गरे।

यस्तै ब्राजिलका नेइमारले २६ वर्ष २४० दिनमा ३० गोल पुरा गर्दा क्रिस्टियानो रोनाल्डोले २६ वर्ष २७० दिनमा यो कीर्तिमान बनाए।

About The Author

अन्य समाचारहरु: