Thu. Nov 28th, 2024

६ वटा प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व,प्रदेश २ मा बाकि

काठमाडौ –

६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेशको निर्वाचन सम्पन्न भएको छ। संघीयता कार्यान्वयनमा आएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहको अभ्यास गरेको हो।

१४ औं महाधिवेशनअन्तर्गत जारी प्रदेश अधिवेशनमा प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले नयाँ नेतृत्व पाएको हो।

१३ औं महाधिवेशनमा प्रदेश संरचना थिएन। विधानमा उल्लेख भएअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले मात्र भाग लिन पाउने हुन्।

देश संघीयतामा गएपश्चात् २०७५ मा नवौं पटक विधान संशोधन गरेर प्रदेश संरचना बनाएको थियो।

प्रदेश १ मा उद्धव थापा, बाग्मती प्रदेशमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायरले कांग्रेसको बागडोर सम्माल्ने भएका हुन्

निर्वाचन भएको प्रदेशमा संस्थापन पक्षको वर्चस्व देखिएको छ। जिल्लाको अधिवेशनमा वर्चस्व जमाएको संस्थापन पक्ष प्रदेश अधिवेशनमा आफ्ना पक्षका उम्मेद्वार विजयी भएपछि थप हौसिएको छ।

देउवाइतरपक्षले साझा उम्मेदवारी दिन नसकेको अवस्थामा १४ औं महाधिवेशनबाट पनि सभापतिमा देउवा नै दोहोरिने सम्भावना बलियो बनेको छ। प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्ष र कृष्ण सिटौला पक्ष नजिक बनेका छन्।

About The Author

अन्य समाचारहरु: