धादिङ – मिस टिन एसएलसी २०१५ को उपाधि काठमाडौँकी ओजस्वी कोइरालाले हात पारेकी छिन् ।
काठमाडौँ नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा फस्ट रनरअप काठमाडौँकी रोजीता महर्जन, सेकेण्ड रनरअप रीना तामाङ र थर्ड रनरअप धादिङकी जेनफिर तामाङ भएकी छिन् । जेनिफरले थर्ड रनरअपको उपाधिसँगै मिस पर्सनालिटीको पनि उपाधि हात पारेकी छिन् ।
शीर्ष उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै आइएलटिएस, टफेलका साथै भाषा परीक्षाका कोर्ष लगायतका गिफ्ट प्रदान गरिएको छ । त्यस्तै एयरहोस्टेजका लागि तालिमको व्यवस्था गरिने संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी दिइन् ।
स्टार वन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा एसएलसी परीक्षा दिएका २७ छात्राहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा अनुशा थापामगर, रोजिता महर्जन, अर्सुला सुवेदी, जुनु लामा, जोसना महर्जन, जिम्मी महर्जन, रोनिभा थापा, स्यारोन राई, सेविका कोइराला, सिमरिका लामा, बिनीता कार्की, रोजिना तामाड., दिव्या थापा, निमा तामाङ, आस्था कार्की, मनिका श्रेष्ठ, विपना श्रेष्ठ, रिना तामाङ, यमुना खड्का, ओजस्वी कोइराला, पलिस्था महर्जन, ओसिन राई, सुजता केसी, सुजता श्रेष्ठ, नमुना गिरी र जेनिफर तामाङ प्रतिस्पर्धामा रहेका थिए ।
रिवन इन्टरटेनमेन्टको व्यवस्थापनमा भएको प्रतियोगिताको कोरियोग्राफर अश्विनी झा ले गरेकी थिइन् ।