Thu. Nov 28th, 2024

कांग्रेस प्रदेश महाधिवेशनमा एक जनालाई मतदान गर्न १ घण्टा बढी लाग्ने

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा विद्युतीय विधिबाट मतदान गर्नेबारे टुंगो लाग्न सकेको छैन।

मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुन लागेको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कागजी मतदान हुने देखिएको छ। भर्खरै महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले भने नेतृत्व चयनका लागि विद्युतीय मतदानको व्यवस्था गरेको थियो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विद्युतीय मतदानको लागि टुंगो नलागेको बताए।
विद्युतीय मतदान नहुँदा कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि २९ वटा मतपत्र हुने जनाइएको छ। त्यसका लागि एक जना प्रतिनिधिलाई मतदानका लागि एक घण्टा भन्दा बढी समय लाग्ने उनले जनाए।

प्रवक्ता शर्माले महाधिवेशन प्रचारको लोगो आज ४ बजे सार्वजनिक हुने जानकारी दिए। महाधिवेशनका लागि उत्साह, एकता, रूपान्तरण। सफल बनाऔं १४ औं महाधिवेशन नारा तय भएको प्रवक्ता शर्माले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: