Thu. Nov 28th, 2024

विश्व एड्स दिवसमा धादिङ अस्पतालमा दीप प्रज्वलन

धादिङ– ३४ औं विश्व एड्स दिवस धादिङ अस्पताल प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।

यस वर्ष ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नारासहित स्वास्थ्य कार्यालय, रेडक्रस, धादिङ प्लस, नीलकण्ठ नगरपालिकालगायत सरोकारवाला निकायले दीप प्रज्वलन गरेको हो ।

विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने क्रममा स्वास्थ्य कार्यालयले दिउँसो संक्रमितहरुसङ्ग अन्तरकृया गरेको थियो । कार्यक्रममा सहभागी संक्रमितहरुले गाउँ गाउँबाट औषधि लिन सदरमुकाम आउनुपर्ने समस्याले आफुहरु थप पीडामा परेको गुनासो सुनाएका थिए ।

धादिङ प्लसकाअनुसार धादिङमा १ सय १५जनाले औषधि सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयले जिल्ला भित्रका संक्रमितहरुलाई जाडोको कपडा र खाध्यान्न पनि उपलब्ध गराएको छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ ।

About The Author

अन्य समाचारहरु: