Thu. Nov 28th, 2024

एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित

चितवन- नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

विद्युतीय मतदानमा बदर नभएपनि नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् ।

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

About The Author

अन्य समाचारहरु: