Tue. Mar 18th, 2025

कांग्रेसको ५७ जिल्लामा सभापति चुनिए,

काठमाडौ –

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला कार्यसमिति चयन भएको हो ।

प्रदेश दुईका आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनुअघि निर्वाचन हुन बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुनेछ ।

केही जिल्लाहरुले प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन् । मोरङमा सोमबार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा सभापतिको निर्वाचन हुँदैछ ।

५७ जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा संस्थापन समूह बलियो अवस्थामा देखिएको छ । संस्थापन पक्षले २९ जिल्लामा नेतृत्व हात पारेको दावी गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ भने कांग्रेसभित्र तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले २ जिल्लामा जित हात पारेको छ ।

About The Author

अन्य समाचारहरु: