Thu. Nov 28th, 2024

धादिङको १२ स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन, गजुरीमा स्थगित

धादिङ : नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लाको १२ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। यी स्थानीय तहहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । गजुरी गाउँपालिकामा भने स्थगित भएको छ ।

नीलकण्ठ नगरपालिकाको अध्यक्षमा शम्भु श्रेष्ठ, धुनीबेसी नगरपालिकाको अध्यक्षमा राजकुमार पाठक, थाक्रे गाउँपालिकाको अध्यक्षमा जिन्दगी थापा, गल्छीको अध्यक्षमा रामशरण सेन्चुरी, बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया, ज्वालामुखि गा गाउँपाउँपालिकाको अध्यक्षमा दिपक बस्नेत (सुरप्रताप) निर्वाचित भएका छन् ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा देवराज धरेल र नेत्रावती डवजोङमा प्रेम तामाङ, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुनामा रामेश्वर सिंखडा, रुबीभ्यालीमा कर्मा लामा निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले शनिबार धादिङ सहित देशभरिका स्थानिय तहहरुमा अधिवेशन गरेको छ।

About The Author

अन्य समाचारहरु: