Thu. Nov 28th, 2024

नेपाली कांग्रेस धादिङको जिल्ला अधिवेशन: प्राथमिकता सशक्त संगठन निर्माण

विकास श्रेष्ठ

नेपाली कांग्रेस यतिखेर आफ्नो १४औं महाधिवेशनको महापर्वमा छ । धादिङ जिल्लामा वडा, गाउँपालिकारनगरपालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सम्पन्न भैसकेको छ । र, अहिले १४औं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा छ । नीति र नेतृत्वको विषयमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेका छन् ।

नेपाली कांग्रेस राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा स्पष्ट र सशक्त छ । यी हाम्रा शक्ति हुन्, जनतासँग जोड्ने सेतु हुन् । जरुरी छ, जिल्ला कार्यसमितिलगायत सबै सांगठनिक संरचना र भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै संरचनामा यी शक्ति सिंचन गर्ने ।

राजनीति पूर्णतः सेवामुखी हुनुपर्छस विकास र समृद्धि, चेतनाप्रवाह र सामाजिक तथा आर्थिक रूपान्तरणको मार्गनिर्देशक हुनुपर्छ । पिँधमा रहेका, पछाडि पारिएका जनतालाई माथि ल्याउने प्रष्ट योजना हुनुपर्छ । देशको ऊर्जा र उत्पादनको शक्ति युवा वर्ग हुन्, क्षमताअनुसारको अवसर प्राप्तिका हकदार हुन् । राजनीतिको मूल प्रवाहमा अनुभवी र परिपक्व अग्रजहरूसँगै युवा, महिला, दलित र पछाडि पारिएका सबै वर्गको सहभागिता हुनुपर्छ ।

राजनीतिप्रति सम्मान र सकारात्मक भाव सिर्जना गर्न जरुरी छ । यसका लागि समकालीन राजनीतिक शैली र पात्रको कार्यशैली, चरित्र र व्यवहारमा सुधार आवश्यक छ । पार्टी संगठन बलियो सिद्धान्त, विचार र विधिले हुन्छस प्रशिक्षित र अनुशासित नेताकार्यकर्ताबाट हुन्छ । कार्यकर्ताले आत्मसम्मान अनुभूत गर्न सक्ने संगठन हुनुपर्छ । योगदान र भूमिकाको अभिलेखीकरण हुनुपर्छ । योगदान, क्षमता तथा योग्यता र संभाव्यताबमोजिमको अवसरको बाँडफाँड हुनुपर्छ । तिनको कार्यसम्पादनको मूल्यांकन हुनुपर्छ र त्यही मूल्यांकन थप जिम्मेवारी सुम्पिने मापदण्ड हुनुपर्छ ।

हामी अबको केही महिनामै स्थानीय निर्वाचन र एक वर्षभित्रमा प्रदेश र संघीय तहको निर्वाचनमा जनताका बीचमा जाँदैछौं । अन्य दलको विभाजन हाम्रो संगठन बलियो बन्ने मानक हुनैसक्दैन । हाम्रो आफ्नै निजी शक्ति भनेकै हाम्रै संगठन हो । शक्तिशाली संगठन निर्माण हाम्रो प्राथमिकता हो । प्रतिस्पर्धी अन्य दलको सांगठनिक शक्ति क्षय त गराउनुपर्छ नै, यो रणनीतिक रूपमा स्वस्थ बाटोबाटै सम्भव छ । पार्टीका सदस्यलाई प्रशिक्षणबाट वैचारिक रूपमा सशक्त र उच्च मनोबल सिर्जना गर्ने तथा हरेक सदस्यका बीचमा आत्मीयता विस्तार गर्दै हामी हाम्रै विचार, जनकेन्द्रित नीति तथा कार्यक्रम र सांगठनिक शक्तिमा वडादेखि सांसदसम्मको निर्वाचनमा जीतको सुखद परिणाम निकाल्ने स्पष्ट योजना बनाउँछौं ।

हामीसँग हाम्रा गाउँरटोल विकासको स्पष्ट मार्गचित्र छ । आर्थिक तथा सामाजिक रूपान्तरण, उद्यमशीलता विकास र रोजगारी सिर्जनाको आगामी बाटोमा प्रष्ट छौं । हामी जनतासँग जोडिएको समाजवादी तथा सेवामुखी राजनीतिक तथा सामाजिक कर्मलाई अझ विस्तार गर्नेछौं ।

समयको प्रवाहसँगै सूचना(प्रविधि विकासमा आएको निरन्तर छलाङ अकल्पनीय छ । जनताको चेतनास्तर उन्नत भएको छ । समाज प्रविधिमैत्री भैसकेको छ । सूचना(प्रविधिमा अभ्यस्त जनताका बीचमा पार्टी संगठनका सबै तहलाई जोडनु अनिवार्य भैसकेको छ ।

म नेपाल विद्यार्थी संघको पाठशालाको आधारभूत तह९विद्यालय इकाई०देखि नै राजनीतिक, सांगठनिक र सैद्धान्तिक ज्ञान लिँदै हुर्किएको र अहिले नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सदस्यका रूपमा रहिरहँदासम्म निरन्तर काममा विश्वास गर्ने कार्यकर्ता हुँ । संगठन मेरो प्राथमिकता हो, विषयकेन्द्रित बहस मेरो रुचि हो ।

विद्यार्थी राजनीति र पार्टीको राजनीतिमा मैले गरेको अध्ययन, अभ्यास र अनुभवबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । संगठनको भुइँ तहबाट आएको हुनाले संगठनको मर्म र गरिमासँग परिचित छु । नेपाल विद्यार्थी संघमा जिल्ला उपाध्यक्षसम्मको जिम्मेवारीमा रहँदा मेरो नियमित रचनात्मक क्रियाशीलता रह्यो ।

पार्टीको १३औं महाधिवेशनपछिको साँढे पाँच वर्ष पार्टीको जिल्ला सदस्यको जिम्मेवारीमा रहँदा पनि उत्तिकै रचनात्मक क्रियाशीलता देखाएँ भन्ने लाग्छ । सांगठनिक कामका सिलसिलामा गाउँरटोलमा पुग्ने, तोकिएका अन्य जिम्मेवारी पूरा गर्ने त छँदैछस जिल्ला पार्टीको हरेक दस्तावेज लेखन र प्रकाशन गर्ने जिम्मेवारीमा रहेँ । उत्तिकै महत्त्वपूर्णस अफ्ठयारो भूगोलको १०४ वटै वडाका पार्टीका नेताहरू, अग्रज तथा साथीहरूसँगको सम्बन्ध निर्माणले अझ मेरो ज्ञानको दायरा बढाएको छ । म पार्टी संगठन संचालनको विधि बुझ्दछु । धेरै सुधार्नु छ, गर्नुछ ।

तपाईंहामीबाटै सम्भव छ, शक्तिशाली पार्टी निर्माण । पार्टीको भविष्य जिल्लाभरिबाट पार्टीका हरेक सदस्यको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी लिएर आउनुभएका अग्रज तथा साथीहरूको विवेकपूर्ण मतदानको निर्णयले निर्धारण गर्नेछ । वस्तुगत र निरपेक्ष मूल्यांकनका आधारमा नेतृत्व चयन गर्नु सबैको कर्तव्य हो। हामीले पछिल्लो साँढे पाँच वर्ष निरन्तर काम गर्यौं । यसको मूल्यांकन र आगामी कार्य अवधिमा गर्न सक्ने सम्भाव्यताको आँकलनमा हामी पर्नेछौं भन्ने विश्वास छ ।

(लेखक भोलि मंसिर ११ गते सम्पन्न हुने नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको निर्वाचनमा सचिव पदको उम्मेदवार हुनुहुन्छ ।)

About The Author

अन्य समाचारहरु: