Sat. Mar 15th, 2025

वैदेशिक रोजगारीका लागि कार्तिक महिनामा मात्रै ५५ हजार नेपाली विदेशिए

काठमाडौ –

वैदेशिक रोजगारीका लागि एक महिनामै हजारौं नेपाली विदेशिएका छन्।

कात्तिक महिनामा नै ५५ हजार नेपालि विदेशिएका हुन्।

कोरोना संक्रमणबाट थलिएको वैदेशिक रोजगारी कात्तिकदेखि फेरि पुरानै लयमा फर्कने संकेत देखिएको छ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय विदेशमा नयाँ कामदारको माग कोरोना संक्रमण हुनुअघिको भन्दा बढेको छ।

वैदेशिक रोजगार विभागले कात्तिकमा खाडी र मलेसियालगायत अन्य देशमा रोजगारीका लागि ५४ हजार ९ सय १८ जना नेपाली विदेशिएको जानकारी दिएको छ।

विभागले विदेशमा कामदारको माग बढेको जनाएको छ।

पहिलो रोजाइमा कतार

कतार वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइ बनेको छ।

कात्तिकमा विदेशिनेमध्ये सबैभन्दा धेरै १९ हजार ८१ जना नेपाली कतार गएका छन्।

बाँकीमध्ये १३ हजार ५ सय ५० जना दुबई र १७ हजार ९ जना साउदी अरेबिया गएका छन्।

विभागका अनुसार कात्तिकमा म्यानपावरमार्फत २७ हजार ७ सय ९ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।

यसैगरी संख्या २४ हजार ९ सय जना बिदामा नेपाल आएर कात्तिकमा फेरि रोजगारीमा फर्केका छन्।

अहिले दैनिक करिब १ हजार ८ सय जना नेपाली रोजगारीका लागि विदेशिन थालेको अनुमान छ।

मलेसियाले पनि नेपाली कामदारका लागि रोजगारी खुला गरेको छ। कात्तिकमा नेपालबाट ८२ जना कामदार रोजगारीका लागि मलेसिया पुगेका छन्।

म्यानपावरको मनोमानी असुली

म्यानपावर सञ्चालकले सेवा शुल्कवापत १० हजार रूपैयाँ मात्र लिन पाउने भनेर सरकारले तोकेको छ।

तर, म्यानपावरले साउदी अरेबिया र कतार जाने नेपालीसँग डेढ लाख रूपैयाँभन्दा बढी रकम असुल्न थालेका छन्।

म्यानपावरको यस्तो असुलीमा श्रम मन्त्रालय र विभागसमेत मौन बसेका छन्।

यस्तो छ विदेशिने कामदारको तथ्यांक

​विभागको तथ्यांकअनुसार ४ महिनामा नेपालबाट रोजगारीका लागि डेढ लाखभन्दा बढी नेपाली विदेशिएका छन्।

विभागका अनुसार चालु आवको साउन, भदौ, असोज र कात्तिक ४ महिनामा नै कुल १ लाख ५६ हजार ५७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४० र असोजमा ३९ हजार ६ सय ७१ जना नेपाली विदेशिएको विभगाले जनाएको छ।

About The Author

अन्य समाचारहरु: