धादिङ– नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लाको ९७ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
शनिबार साँझसम्म नीलकण्ठ, नेत्रावती, धुनिवेसी, थाक्रे, वेनिघाट, ज्वालामुखी, गंगाजमुना गरि ७ वटा पालिका भित्रका सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लामा रहेका १ सय ४ वडा मध्ये७ ओटा वडामा सर्वसम्मत नेतृत्व चयनको लागि छलफल जारी छ । गजुरी- ४, सिद्दलेक-४, गल्छी-७, त्रिपुरासुन्दरी-५, रुबिभ्याली-१ मा छलफल जारी रहेको जिल्ला संयोजक विजय बुर्लाकोटीले बताए । खनियाबास-४ र त्रिपुरासुन्दरी-१ मा पनि शनिबार नै नेतृत्व चयन हुने बुर्लाकोटीले जानकारी दिए ।
अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ गरी २९ सदस्यीय वडा कमिटी चयन गरिएको नीलकण्ठ नगर अध्यक्ष दिपक विश्वकर्माले जानकारी दिए ।