
धादिङ : नवौ धादिङ जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ ।
धादिङ जिल्ला फुटबल संघले आयोजना गर्ने फुटबल प्रतियोगिता गजुरी गाउँपालिकाको गलौदी खेल मैदानमा हुनेछ । एन्फा धादिङबाट मान्यता प्राप्त ११ वटा क्लवहरुले प्रतियोगितामा भाग लिएका छन् ।
बुधबार पहिलो दिनमा दुई खेलहरु हुने छन् ।पहिलो खेल ग्रुप ए मा रहेको धुनीबेसी युवा क्लव, धुनीबेसी र ग्रुप ए कै अरुणदय युवा क्लव, सिद्धलेक बीच बिहान ११ बजेबाट हुने छ भने दोस्रो खेल ग्रुप ए कै इन्द्रेणी युवा क्लव, गजुरी र धादिङ समाज धादिङ, धादिङबेसी बीच हुने छ ।