Wed. Mar 12th, 2025

नेपाली महिला क्रिकेट टिम कतारतर्फ

काठमाडौ –

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आइसिसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि कतार गएको छ।

बंगलादेशमा एक साता तयारी गरेपछि शुक्रबार स्वदेश आइपुगेको नेपाली टिम आज विहान कतारका लागि उडेको हो।

नेपाली टिम बिहीबार विहान स्वदेश आइपुग्ने पर्नेमा पिसिआर रिपोर्ट हुँदा बंलगादेशमा फ्लाइट छुटेको थियो। जसका कारण नेपाली टिम ढाकाबाट बसमा नेपाल आएको थियो।
आज कतार गएको नेपाल टिमले कतारसँग तीन टी–२० खेल खेल्नेछ। त्यसपछि नेपाली टिम युएई जानेछ।

नेपालले आगामी १९ देखि २९ नोभेम्बरसम्म युएईमा एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता खेल्ने तय छ।
छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो।

टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ।

वुमन्स टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिष्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

About The Author

अन्य समाचारहरु: