Wed. Mar 12th, 2025

फ्रान्स विश्वकपमा छनाेट

धादिङ : साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे ।

यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे ।

यस जितपछि समूह ‘डी’ मा फ्रान्स ७ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

कजाखस्तान ३ अंकसहित समूहको पुछारमा रहेको छ ।

About The Author

अन्य समाचारहरु: