Wed. Nov 27th, 2024

धादिङमा एशियन लाईफ इन्स्योरेन्सको शाखा विस्तार

धादिङ : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको शाखा धादिङमा पनि विस्तार भएको छ ।

सदरमुकाम धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४३ औं शाखाको रुपमा संचालनमा ल्याएको हो ।

कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताए ।

कम्पनीको कूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु.२७ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा रु.१ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ ।

About The Author

अन्य समाचारहरु: