Fri. Nov 29th, 2024

राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने, दाबी गर्न ३ बजेसम्मको समय

धादिङ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि, बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो।

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि बिहीबार ३ बजेसम्मको समय दिइएको छ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँग नयाँ मुख्यमन्त्रो लागि आह्वान गरिएको हो।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७८र०७र१० गते बिहीबारका दिन अपराह्न ३ बजेभित्र बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छु, प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा भनिएको छ।

बागमती प्रदेशमा माओवादी केन्द्र, कांग्रेस तथा एकीकृत समाजवादीको गठबन्धन छ। गठबन्धनले एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन्।

About The Author

अन्य समाचारहरु: