Sat. Mar 15th, 2025

चीनमा फेरी कोरोना संक्रमणको संख्या बढ्न थालेपछि पुन लकडाउन

एजेन्सी –

चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो ।

त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ ।

सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लानजूमा ६ जना मात्रै भेटिएका थिए । समाचार एजेन्सी एएफपीले शहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताएको छ ।

प्रशासनले एउटा बयानमा भन्यो, ‘सबै मानिस आफ्नो हाउजिङ कम्प्लेक्स भित्र नै बस्नुपर्छ ।

यसअघि पनि उत्तरी चीनमा हज्जारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ ।

स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।

About The Author

अन्य समाचारहरु: