काठमाडौ –
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७।५ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २५८४ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम भने ३ अर्ब पनि पुगेन । कुल २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
ब्यापार उपसमूह २० अंकले घट्यो । सोबाहेक अरु सबै उपसमूह बढेका छन् । बैंकिङ ६, होटल तथा पर्यटन ४३, विकास बैंक ७२, जलविद्युत ६५, फाइनान्स ८९, निर्जीवन बीमा ३९ र जीवन बीमा उपसमूह ६७ अंकले बढे । त्यस्तै उत्पादन १०५, अन्य ५५ र लघुवित्त उपसमूह ५३ अंकले बढे ।
कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।