Fri. Nov 29th, 2024

अधिवेशन भएन भने काँग्रेसको अवस्था खराब हुन्छ : शेखर कोइराला


धादिङ
: नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले काँग्रेसको महाधिवेशन गर्न नेतृत्व तहबाट नै आलटाल भएको बताए । प्रेस युनियन धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले तोकिएको समयमा अधिवेशन भएन भने नेपाली काँग्रेसको अवस्था झन खराब हुने बताए ।

नेतृत्व टोलीले अधिवेशनका लागि ५ पटक मिति सारिसक्दा पनि क्रियाशिल सदस्यको विवाद टुङगाउन नसकेको बताए । ‘उहाँहरुलाई लज्जा बोध छैन, नगर अधिवेशन नै सकिएको छैन’ उनले भने, ‘त्यसैले तोकिएकै समयमा निर्वाचनको छाटकाँट छैन, केही ठाउँमा क्रियाशिल सदस्य विवादको बहानामा अधिवेशन रोक्न खिजिदैछ ।’

हामीले मंसिर महिनाभित्रै अधिवेशन हुनु पर्छ भनेका छौ यसको जिम्मेवारी सभापती र पदाधिकारीले लिनुपर्ने उनले बताए । ‘किन खुकुरी नचाएर अधिवेशन रोकिन्छ ? अधिवेशन गराएरै छोड्छौ, हुन्छ’ उनले भने, ‘विभिन्न बिकल्प प्रयोग गरेर गरेरै छोड्छौ होइन भने वैकल्पिक बाटो खोज्छौ । ’

निर्वाचन अपरिहार्य छ । तर काँग्रेसको महाधिवेशन अघि सम्भव नरहेको नेता कोइरालाले बताए । काँग्रेसको नयाँ नेतृत्व आएपछी मात्रै निर्वाचन हुने उनले बताए ।

About The Author

अन्य समाचारहरु: