धादिङ –
धादिङ– नेकपा एमाले धादिङको ११ ओटा वडाको नेतृत्व चयनमा ढिलाई भएको छ । जिल्लामा रहेको १ सय ४ ओटा वडा मध्य ९३ ओटा वडामा शनिबार नै टुङ्गो लगाएको छ ।
त्रिपुरासुन्दरीको वडा नं. ४, गंगाजमुनाको वडा नं. १,२ र ३ मा नेतृत्व चयन हुन सकेको छैन । त्यस्तै रुविभ्यालीको वडा नं. ४ र ५, गल्छीको ५, ६ र ७ मा पनि शनिबारको अधिवेशन स्थगित भएको छ । शनिबार टुङ्ग्याउन नसकेको नेत्रावती २ र ३ को अधिवेशन भने आजपनि चलिरहेको छ ।
केही वडामा तयारी नपुगेको र विकटका वडाहरुमा भौगोलिक कठिनाईले शनिबार नै अधिवेशन गर्न नसकिएको एमाले धादिङका प्रचारप्रसार विभाग प्रमुख राधिका सापकोटाले बताएकी छन् । नेतृत्व टुङग्याउन बाँकी वडाहरुले कात्तिक १३ गतेभित्र ट्ङ्गो लगाउने एमालेले जनाएको छ ।
नीलकण्ठ, धुनिबेसी, थाक्रे, गजुरी, वेनिघाट, सिद्धलेक, ज्वालामुखी र खनियाबासको सबै वडामा शनिबार नै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
वडा तहमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव २ जना गरी ३१ सदस्यीय कमिटि चयन गरेको छ ।