Mon. Mar 17th, 2025

आज देशभर एमालेको वडा अधिवेशन, धादिङमा पनि आजै

धादिङ– नेकपा एमाले धादिङको वडा आधिवेशन आज हुँदैछ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर आज वडा तहको अधिवेशन गर्न लागेको हो ।

देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ। धादिङसहित सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ।

हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरुमा भने केही समयपछि अधिवेशन हुनेछ। एमालेको राष्ट्रिय महाधिवेशनअन्तर्गत कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ। वडा अधिवेशन सकिएलगत्तै पालिका अधिवेशन हुनेछ।

आउँदो मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकाहरु महाधिवेशन प्रतिनिधि बन्न योग्य छन्।

About The Author

अन्य समाचारहरु: