काठमाडौं- पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।
उच्च ज्वरोका कारण थलिएका उनी उपचारका लागि आज वीर अस्पताल भर्ना भएका हुन्। भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको छ। यद्यपि, उनमा कोरोना भने ‘नेगेटिभ’ देखिएको छ।
चिकित्सकको सल्लाहबमोजिम सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ।