Fri. Nov 29th, 2024

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई गठबन्धनको प्रस्ताव

धादिङ– बागमती प्रदेशमा केन्द्रिय गठबन्धनको सहमति अनुसार नै नयाँ सरकार गठन हुने भएको छ । नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेको छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नेकपा एकिकृत समाजवादीका नेता पाण्डेको नाम प्रस्ताव गरेका छन् ।  

‘केन्द्रिय सहमति अनुसार नै सरकार गठन हुन्छ’ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाले भने–‘आर्थिक समृद्धि, सुशासन र संविधानको रक्षाको निम्ति पाण्डेकै नेतृत्वमा सरकार गठन हुनेछ ।’

यसअघि केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताले नेकपा एकिकृत समाजवादीलाई बागमती प्रदेशमा सरकारको नेतृत्व दिने सहमति गरेको थियो । बागमति प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा पसेसँगै नयाँ सरकार गठनको प्रकृया आजैबाट शुरु भएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथी मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रतावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

About The Author

अन्य समाचारहरु: