Fri. Nov 29th, 2024

देउवाको ट्रम्प शैलीले कांग्रेस महाधिवेशन अनिश्चित बन्यो: पौडेल

धादिङ– कोहीकसैले चाहेर अहिले निर्वाचन गर्ने संभावना नरहेको नेपाली कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले बताएका छन् । संविधान अनुसार चाहेर पनि निर्वाचन गर्न नपाइने नेता पौडेलले प्रष्ट पारेका छन् ।

‘देशको संविधान अनुसार संसद विघटन गर्नै पाइदैन, बुझ्दाबुझ्दै जान्दाजान्दै विभिन्न मिति तोकेर चुनाव गराउछु भन्ने को हो ? कसरी भन्न पाइन्छ ?’ आक्रोशित हुँदै पौडेलले भने,‘यो हुन सक्दैन, चुनाव संभव छैन ।’ काग्रेसको महाधिवेशन अगाडि देशमा कुनैपनि निर्वाचन संभव नरहेको पनि उनले बताए ।

सत्तामा बसिरहनु पर्ने सभापति शेरबहादर देउवाको ‘ट्रम्प मनोवृत्ति’ले कांग्रेसको महाधिवेशन अनिश्चित बनेको पौडेलले बताए । चारबर्षे कार्यकाल सकिदापनि महाधिवेशन नगराउनु देउवाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रमको सिको गरेर सत्ता छोड्न नचाहेको पौडेलको आरोप छ । ‘एकपटक सत्तामा पुगेपछि त्यो सत्ता जिन्दगीभरका लागि हो भनेजस्तो गर्ने ट्राम मनोवृत्तिले गर्दा पार्टीभित्र समस्या उत्पन्न भएको छ’, उनले भने ।

सत्तामा पुगेपछि कुर्सि नछोड्ने, छोड्न परे कुर्सि नै भाँचिदिने केपी ओलीकै प्रवृत्ति देउवाले पनि दोहो¥याउन खोजेको आरोप लगाए । ‘केपी ओलीको दूस्साहरबाट देश बचाएर हाम्रा सभापतिलाई प्रधानमन्त्री बनायौं, तर अहिलेसम्म हाम्रै सभापतिबाट पनि त्यहि प्रवित्ति दोहोरिने होकी भन्ने शंका छ, हामीले विश्वास गर्न सकेका छैनौं,’ उने भने । कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु पहिलो प्राथमिकता रहेको पौडेलले बताए । कांग्रेसमा पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचो रहेको उनले बताए ।

मातृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न नेता पौडेल र महामन्त्री सशांक कोइराला मंगलबार धादिङ आएका थिए । सोही अवसरमा पत्रकारसँग भेट गर्दै महामन्त्री कोइरालाले चुनाव अघिनै कांग्रेसले महाधिवेशन सम्पन्न गरिसक्ने बताएका छन् । ‘महाधिवेशनको संघारमा छौं, चुनाव हुने सम्भावना पनि छ, तर महाधिवेशन अघि चुनावको संभावना छैन’ कोइरालाले भने ।  

About The Author

अन्य समाचारहरु: