Wed. Mar 12th, 2025

धादिङको मार्पाकमा ब्याडमिन्टन प्रतियोगिता सुरु, पहिलो दिन ५ खेल सम्पन्न

धादिङ : धादिङको नेत्रावती डबजोङ गाउपालिकाको वडा नम्वर १ मार्पाकमा दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ ।

मार्पाक सामुदायिक क्लब ९सीसीएम० ले आयोजना गरेको प्रतियोगितामा धादिङ्ग जिल्लाभरका कुल १६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

आज उदघाटन भएको प्रतियोगितामा ५ खेलहरु सम्पन्न भएका छन भने नकुल अधिकारी, अदिप अधिकारी, मिल्क थोकर, नयन अधिकारी र सबिन तामाङ्ग क्वाटरफाईनल प्रबेश गर्न सफल भएका छन् ।

प्रतियोगिताको उदघाटन क्लबका अध्यक्ष सुदिप अधिकारीले गरेका थिए भने मुख्य रेफ्रिको भुमिका धादिङ्ग जिल्ला ब्याडमिन्टन संघको तर्फबाट राम मल्ल ठकुरीले गरेका छन् ।

असोज २६ गते फाईनल हुने प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, र सान्त्वना हुनेलाई क्रमश ११ हजार १ सय ११, ५ हजार ५ सय ५५, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने साथै १ जना उदियमान खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै क्वाटरफाईनलबाट बाहिरिने ४ जनालाई समेत पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

साथै हरेक सहभागी खेलाडीहरुलाई मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालको तर्फबाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिने प्रतियोगिता संचालक शिव कार्कीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: