Wed. Mar 12th, 2025

पाँचौ सहिद संकल्प-सम्पर्क स्मृति कप फुटबल : क्वाटरफाईनल समिकरण पूरा, भोली सेमिफाईनलका खेल हुने

धादिङ : धादिङ जिल्लाको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नं. २ को मार्पाक पुख्रीमा जारी पाँचौ सहिद संकल्प-सम्पर्क स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तरगत आइतबार क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा छोईलिङ्ग युवा क्लब सेल्लेले ब्रादी युवा क्लबलाई २-१ गोलले, दोस्रो खेलमा आयोजक बि ले सिंगदेवी युवा क्लबलाई ६-१ गोलले त्यसैगरि अन्तिम खेलमा पोल्चेत युवा क्लबले आयोजक ए लाई ३-१ गोलले पराजित गर्यो ।

भोली (सोमबार) सेमिफाईनलका २ खेलहरु हुनेछन् ।

सेमिफाईनलमा छोईलिङ्ग युवा क्लब सेल्ले, आयोजक बि, पोल्चेत युवा क्लब र ब्रादी युवा क्लब पुग्न सफल भएका छन ।

असोज २० गतेबाट शुरु भएको प्रतियोगिताको समापन असोजको २६ गते हुनेछ भने बिजेताले नगद रु ५०५०५, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु ३०३०३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाईनल पुग्ने २ टिमहरुले नगद रु १०/१० हजार प्राप्त गर्ने प्रतियोगिता सह-संयोजक दिनेश मम्बाले धादिङ्ग, मार्पाक, पुख्रीबाट जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: