Fri. Feb 28th, 2025

भूकम्प प्रभावित विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री सहयोग

images

धादिङ – सदरमुकाम धादिङबेशीमा रहेको चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालयले गरिब, जेहेन्दार तथा भुकम्प प्रभावित बालबालिकाहरुलाई नगद तथा शैपिक्षक सामग्री वितरण गरेको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले प्रभाव पारेका विद्यालयका विद्यँर्थीहरुलाई सहयोग गरेको हो ।

सदरमुकाम आसपासका सुनौलौभैरवी माध्यामिक विद्यालय, कर्णेश्वर माध्यामिक विद्यालय, पशुपती माध्यामिक विद्यालय, लामागुरु माध्यामिक विद्यालय, पञ्चकन्या माध्यामिक विद्यालय र शान्ती प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै नगद सहयोग गरिएको शिक्षक मदन कुमार श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक अभावका कारण पढाईबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका बालबालिकाहरु नगद रु ३ हजार सहित कापी, कलम, इरेजर, कटर लगायतका शैक्षिक सामाग्री पाएसंगै खुशी भएका छन् ।

चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालयले आर्थिक अभावकै कारण कोही बालबालिका पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्येश्यले रु १ लाख ७१ हजार ४ सय ६५ बराबरको सहयोग गरेको विद्यालयका प्रिन्सिपल शष्टि कुमार श्रेष्ठले बताऊनुभयो । जसका लागि विहानी सत्रका शिक्षकहरुबाट रु ५१ हजार २ सय ७०, दिवा सेवाका शिक्षकहरुबाट रु ६५ हजार १ सय ९५ र विद्यालय व्यवश्थान समितीबाट ३० हजार र विद्यार्थीहरुबाट रु २५ हजार बराबरको शैक्षिक सामाग्री संकलन गरिएको विद्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: