
धादिङ –
साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई हराएको छ। गएराति माल्दिभ्समा भएको खेलमा श्रीलंकालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा,अञ्जन विष्ट र आयुष घलानले एक÷एक गोल गरे।
श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए ।नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए।त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो ।
तर, श्रीलंकाका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए ।परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो।खेलको इञ्जुरी समयमा श्रीलंका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले २ खेलमा ६ अंक जोडेको छ।पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो।श्रीलंका पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएको थियो।अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ।