Fri. Feb 28th, 2025

नयाँ संविधान १२१ पृष्ठको !

BICC-Nepal
१२ असार, काठमाडौं – संविधानसभाको मस्यौदा समितिअन्तर्गत कार्यदलले नयाँ संविधानको मस्यौदा शुक्रबार समितिलाई बुझाएको छ। राति साढे ९ बजे समितिलाई बुझाइएको मस्यौदाअनुसार नयाँ संविधान ७ अनुसूची, ३७ भाग, २ सय ९४ धारासहित १२१ पृष्ठको हुनेछ। १५ दिनभित्र मस्यौदालाई अन्तिम रुप दिने कार्यादेश पाएको समितिले असार १३ अर्थात् म्यादभित्रै संविधान तयार गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए।

‘संविधानको मस्यौदा तयार भएको छ, समितिमा शनिबारबाट दफाबार छलफल भई म्यादभित्रै यसले अन्तिम रुप लिन्छ,’ सिटौलाले बैठकमा भने।‘मस्यौदामा धारणा राख्दा सदस्यहरुले व्यक्तिगतभन्दा पनि पार्टीगत धारणा राख्नेगरी पार्टीमा तयारी गर्न भनेको छ,’ सिटौलाले भने।समितिको बैठक शनिबार १ बजे बस्ने सदस्य रेवतीरमण भण्डारीले जानकारी दिएको  छ।

संविधानको मस्यौदा प्रति सबै सदस्यलाई शुक्रबारै बाँडिएको छ। संवाद समितिले केही विषयमा थाती विवाद मिलाएर मस्यौदालाई अन्तिम रुप दिने जिम्मा समितिलाई दिएकोमा केही विषय भने अझै मिल्न बाँकी छन्। स्रोतका अनुसार कार्यदलमा नागरिकतासम्बन्धी विषय मिलेको छ। जसअनुसार बाबुआमा दुवै नेपाली भएकाले वंशजका आधारमा नागरिकता पाउनेछन्। बाबु वा आमामध्ये एक विदेशी हुनेले भने अंगीकृत नागरिकता पाउने सहमति जुटेको छ। पहिलो संविधानसभामा सहमति जुटेको र दोस्रोले स्वामित्व ग्रहण गरेको स्थानीय निकायमा विशेष स्वायत्त र आरक्षित क्षेत्रबारे मस्यौदा कार्यदलमा सहमति उल्टिएपछि एमाओवादीले ध्यानाकर्षण दर्ता गराएको छ। त्यसबारे धारणा बनाउन एमाओवादीको सिंहदरबारमा राति अबेरसम्म बैठक बसेको थियो। नागरिकबाट

About The Author

अन्य समाचारहरु: